रमेश लेखक जाँचबुझ आयोगमा बयानमा दिन जाने, ओली के गर्लान् ?


काठमाडौं, १० पुष । पूर्व गृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । पार्टीका शीर्ष नेताहरुले नै बयानको लागि जान भनेपछि उनी बयानको लागि जाने भएका हुन् । जेनजी आन्दोलनको बेलामा उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए । आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानको लागि बोलाउने तयारी गरेको छ ।

तत्कालिन गृहमन्त्री लेखकलाई बयानको लागि पत्राचार गरिसकेको छ । लेखकले बयानको लागि आगामी सोमबार आयोगको कार्यालय जाने भएका हुन् । बयानको लागि भोलि (शुक्रबार) को लागि बोलाईएको भएपनि उनी सोमबारमात्रै जाने भएका हुन् ।

हिजो बसेको पार्टीको कार्यासम्पादन समितिको बैठकमा समेत बालेनलाई बयानको लागि आयोगमा जानको लागि सुझाव दिईएको थियो । एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री ओलीले भने आयोगमा बयान दिन नजाने अडान लिएका छन् ।