प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फागुन २२ गतेको सूर्योदय हेर्ने अधिकार छैनः वरिष्ठ अधिवक्ता भट्टराई (भिडिओसहित)

‘प्रधानमन्त्री कार्कीले चुनाव गराउन सक्नुभएन भने ओली प्रधानमन्त्री बन्नुहुन्छ’


काठमाडौं, ११ पुस । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसकेको खण्डमा संसद् पुनर्स्थापना हुने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई फागुन २२ गतेको सूर्योदय हेर्ने अधिकार नरहेको बताएका हुन् ।

‘निर्वाचन भएन भने फागुन २२ गते प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ । यो सरकारलाई फागुन २२ गतेको सूर्योदय हेर्ने अधिकार छैन,’– उनले भने ।

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना हुँदैन भनेको अवस्थामा पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारलाई फागुन २२ गतेको सूर्योदय हेर्ने अधिकार नरहेको उनले बताए । त्यो परिस्थितिमा संसद् पुनर्स्थान भएर केपी शर्मा अ‍ोली नै प्रधानमन्त्री हुने उनको दाबी छ ।