देउवा र ओलीलगत्तै दाहाल भेट्न हात्तीवन पुगे सञ्चारमन्त्री खरेल, निर्वाचनको तयारीबारे ब्रिफिङ


काठमाडौं, ११ पुष । सरकारका प्रवक्ता जगदीश खरेलले नेकपाका संयोजक पुष्पकमल दाहालसँग भेट गरेका छन् । दाहाललाई भेट्न मन्त्री खरेल आज दाहालको निवासमा पुगेका हुन् । आज बिहानैबाट मन्त्री खरेलले सक्रियता बढाएका छन् ।

उनले आज विहानै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् । उनले शीर्ष नेताहरुसँगको भेटमा २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीको सन्दर्भमा ब्रिफिङ गरेका छन् ।

सरकारले चुनावको वातावरण बनाईराखेको भन्दै तोकिएकै मितिमा निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुने कुराको विश्वास दिलाईएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष दूतको रुपमा उनले प्रमुख राजनीतिक दलका नेतृत्वहरुसँग आज भेटवार्ता गरेका हुन् । आजको भेटमा मन्त्री खरेलले शीर्ष तीन नेतालाई भोलि बालुवाटारमा निम्तोसमेत दिएको बताईन्छ ।