प्रधानमन्त्री कार्कीसँग अब रक्षा मन्त्रालयमात्रै


काठमाडौं, ११ माघ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गरेकी छिन् । आज परराष्ट्रमन्त्रीमा बालानन्द शर्मालाई नियुक्त गरेसँगै प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद हेरफेर गरेकी हुन् । यसअघि रक्षा र परराष्ट्र मन्त्रालय आफ्नो नेतृत्वमा राखेकी प्रधानमन्त्री कार्कीसँग अब रक्षा मन्त्रालयमात्रै राखिएको छ ।

यसअघिको मन्त्रिपरिषद् विस्तारमा श्रम मन्त्रालयको नेतृत्वमा आएका राजेन्द्र सिंह भण्डारीलाई नै खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएपछि प्रधानमन्त्रीसँग दुई वटा मन्त्रालय थिए । तर, आजबाट भने अब रक्षा मन्त्रालयमात्रै राखिएको छ ।