प्रचण्डको दाबी: संसद् पुनर्स्थापना हुँदैन


काठमाडौं, ११ पुष । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् पुनःस्थापना नहुने ठोकुवा गरेका छन् । उनले अब निर्वाचन मुखमा आईसकेकोले कांग्रेस र एमालेपनि निर्वाचनमा आउनुपर्ने बताएका हुन् । आज (शुक्रबार) पार्टी कार्यालयमा नवप्रवेशीहरुलार्ई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले अब संसद् पुनःस्थापना नहुने जिकिर गरेका हुन् ।

दाहालले भने,‘न्यायालयमा पनि जानुभएको छ। तर म तपाईँ सबै र यो जनतालाई नै भन्न चाहन्छु कुनै भ्रममा पर्न आवश्यक छैन। संसद् पुनर्स्थापना अहिले हुँदैन। निर्वाचन अब अगाडि आई नै सक्यो। निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन्।’

उनले तोकिएकै मिति फागुन २१ गते चुनाव नभए देश दुर्घटनामा जाने भन्दै सबै दल त्यसको तयारीमा होमिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा आफू नेतृत्वको नेकपा नै पहिलो दल बन्नेपनि दाबी गरे ।