काठमाडौं, १२ पुष । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कुलमान घिसिङसँग छलफललाई तिव्रता दिएका छन् । दुई नेताबीच पार्टी एकता गरेर जाने विषयमा लगातार छलफल भइरहेकोमा आज भने निश्कर्षमा पुग्नेगरि तयारी थालिएको छ ।
मेयर शाह संसदीय राजनीतिमा सक्रिय हुने भएका हुन् । उनी आफ्नो समूहका नेताहरुसँगको लगातारको छलफलपछि संसदीय राजनीतिमा होमिन तयार भएका हुन् । अहिले बालेनले ललितपुरमा रहेको आफ्ना सहयोगी कुमार बेनको निवासलाई राजनीतिक गतिविधिको केन्द्र बनाएका छन् ।
अहिले यही घरमा कुलमानसँग उनको घनिभूत छलफल जारी छ । भोलिबाट प्रतिनिधिसभाको निर्वाचनकोलागि समानुपातिकर्तको सूचि बुझाउन समय तोकिएको छ । त्यसअघि नै दुई नेता बसेर अन्तिम सहमति गर्न लागेको चर्चा छ ।
यसअघि बालेन र रवि लामिछानेबीच पनि निरन्तर छलफल चलेको थियो । लामिछाने र बालेनबीच आज साँझसम्म एकपटक निर्णायक छलफल हुने भनिएको छ । तर, भेटवार्ताको समय भने यकिन भइसकेको छैन ।




प्रतिक्रिया