चुनावको तयारीमा होमियो एमाले, भोलि सचिवालय बैठक


काठमाडौं, १२ पुष । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । भोलि (आइतबार) विहान ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाईएको हो । पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकर्तको सूचि तयार पार्ने भनिएको छ।

यसअघि प्रतिनिधिसभा पुनःस्थापनाको वकालत गर्दै आएको एमालेले निर्वाचन कार्यतालिकालाई पनि पछ्याईरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव नहुने र निकासको लागि संसद् पुनःस्थापना भईछाड्ने ठोकुवा गर्ने गरेका छन् । तर, निर्वाचनको कार्यतालिका नजिकिएसँगै एमालेले समानान्तर रुपमा चुनावी तयारीलाई पनि तिव्रता पारेको छ । file photo