समानुपातिक निर्वाचन प्रणाली : विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको अनुरोध (विज्ञप्तिसहित)


काठमाडौं, १२ पुष । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि भोलि पुष १३ र १४ गते दुई दिन अपरान्ह ४ बजेसम्म मात्र कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नेगरि समय तोकेको जानकारी दिएको छ ।

आयोगको तर्फबाट प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति निकाल्दै यस्तो जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ,‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनेगरि दर्ता भएका राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ गते तोकेबमोजिम विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्नहुन अनुरोध गरिन्छ ।’

Skip This

Omoda E5 Pro