शीतल निवासमा देउवा–ओली सँगै, बालुवाटारमा देउवा–दाहाल सँगै


काठमाडौं, १२ पुष । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरुसँगको भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पुगेका छन् ।

सरकारको तर्फबाट भने सञ्चारमन्त्री जगदीश खरेल सहभागी छन् । जेन–जी आन्दोलनपछि प्रमुख राजनीतिक दलका नेतृत्वहरु आज पहिलोपटक बालुवाटार पुगेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाईमा प्रधानमन्त्री कार्कीसँग यी तीनै जना नेताले शीतल निवासमा भेटवार्ता गरिसकेका थिए ।

तर, बालुवाटारमा भने आज पहिलो भेटवार्ता हो । यसअघि शीतल निवासको भेटवार्तामा देउवा र ओली एउटै रो’मा बसेका थिए । तर, आज बालुवाटारको भेटवार्तामा भने देउवा र दाहाल एउटै रो’मा बसेको छ । तस्विर स्रोत : बालकोट/फेशबुक