काठमाडौं, १३ पुष । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह अब संसदीय राजनीतिमा होमिएका छन् । रवि लामिछाने नेतृत्वको रास्वपाबाट उनले संसदीय राजनीति थाल्ने भएका हुन् । आज विहानीपख रवि र बालेनबीच ७ बुँदे सहमति भएको हो ।
उक्त सहमतिको ४ नम्बर बुँदामा भने बालेनलाई भावी प्रधानमन्त्रीको उम्मदेवार तोकेर निर्वाचनमा जाने कुरा उल्लेख गरिएको छ । उनी अब संसदीय राजनीतिमा होमिने भएपछि काठमाडौं महानगरको नेतृत्वबाट राजीनामा दिनुपर्ने कानूनी बाध्यता छ । उनले राजीनामा दिए कार्यवाहकको जिम्मा उपमेयर सुनिता डंगोलले लिनेछिन् ।
तर, एक वर्षभन्दा बढि समय नै कार्यकाल बाँकी भएकोले निर्वाचन गराउनुपर्ने कानूनी बाध्यता छ । बालेनले मेयरबाट अर्को साताभित्र राजीनामा दिने तयारी गरेका छन् । उनी अब २१ फागुनको निर्वाचनको तयारीमा जुट्ने भएका हुन् ।




प्रतिक्रिया