काठमाडौं, पुस १४ । सोमबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । यसैगरी देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
राती तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।




प्रतिक्रिया