काठमाडौं, १४ पुष । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची तयार पारेको छ । निर्वाचन आयोगमा आजसम्म उक्त सूची बुझाईसक्नुपर्ने छ । यसपटक नेकपाले नयाँ अनुहारलाई अवसर दिने भएको हो ।
यसअघि सांसद र मन्त्री भइसकेकाहरुलाई नै अवसर नदिने नेकपाको निर्णय छ । आज विहान प्रचण्डको निवासमा बसेको पार्टीको शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो । हिजो नेपाल मजदुर किसान पार्टीले मात्रै बन्दसूची बुझाएको छ । नेकपा (एमाले) पनि बन्द सूची तयार पारिसकेको छ।
हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको बन्द सूची पारित भएको हो । एमालेले आज आयोगमा पुगेर उक्त सूची बुझाउने भएको हो । यस्तै, नेपाली कांग्रेसलेपनि बन्दसूची तयार पारिरहेको छ । file photo




प्रतिक्रिया