काठमाडौं, १४ पुष । नेकपा (एमाले) ले आज समानुपातिकतर्फको बन्दसूची बुझाउनेगरि नाम टुँगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीले नै समानुपातिकतर्फको नाम फाईनल गरेका हुन्। हिजो (आइतबार) बसेको सचिवालय बैठकमा पेश गरेको नाम अनुमोदन गरिएको हो ।
बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले समानुपातिकतर्फको पहिलो नम्बरमा अध्यक्षमा पराजित ईश्वर पोखरेलको नाम सुझाएका थिए । तर, अध्यक्ष ओलीले आफ्ना विश्वासपात्र गुरु बराललाई एक नम्बर सूचीमा राखेका छन् ।
समानुपातिक सूची तयारी पार्दा बराललाई खस–आर्य क्लस्टरबाट पहिलो नम्बरमा नाम समावेश गरिएको छ । उनी हालै सम्पन्न ११औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका हुन् ।




प्रतिक्रिया