सर्जक तथा गायक राज सुबेदी नेत्रको नयाँ लोकगीत ‘यसै जुनिमा’ भोलि सार्वजनिक हुँदै


काठकाडौँ, १३ पुस । लोकसर्जक तथा गायक राज सुबेदी नेत्रको जन्मस्थान बागलुङ नगरपालिका–१३, पैयुपाटा हो। उनी सन् २०६२ सालमा काठमाडौं प्रवेश गरेका हुन् । सानै उमेरमा विवाह गरेको कारण संगीत क्षेत्रमा निरन्तर समय दिन नसके पनि उनले आफ्नो अध्ययन, परिवार तथा Hospitality (पर्यटन)क्षेत्रमा रोजगारी सुरु गरे।

समय मिलेसँगै उनले संगीत क्षेत्रलाई निरन्तरता दिँदै आएका छन् । हालसम्म उनले २ दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलको रूपमा अभिनय गरिसकेका छन् भने १ दर्जन भन्दा बढी गीतमा गीत, लय तथा सिर्जनात्मक कार्य गरिसकेका छन् । उनका ‘तन्नेरी,हाइ हीइ नगरम के रे,क्यार्नी होला खै’ जस्ता गीतहरू श्रोतामाझ लोकप्रिय र सुपरहिट रहन सफल भएका छन्।

यसै क्रममा ‘यसै जुनिमा’ शीर्षकको नयाँ लोकगीत यस मंगलबार सार्वजनिक हुँदैछ। उक्त गीतमा राज सुबेदी नेत्रकै शब्द , लय र स्वर समावेश रहेको छ भने अभिनयमा पनि उनी स्वयं सहभागी छन्। गीतमा चर्चीत गायीका एलीना चौहानले आवाज दिएर साथ दिएका छन्।

गीतको रेकर्डिङ प्रिज्मा रेकर्डिङ स्टुडियोबाट गरिएको हो। संगीत संयोजन तथा सम्पादन कमल थापाले गरेका छन् ।
रेकर्डिस्ट गोविन्द अनेक,
मिक्सिङ तथा मास्टरिङ श्यामस्वेत रसाइलीले गरेका छन्।
वाद्यवादनतर्फ—
बाँसुरी: गोपाल देव
सारंगी: हेमन्त कान्छा रसाइली
मादल: खर्क बुद्ध मगर र पोष्णराज थापा मगर
गिटार: सञ्जीव बराइली
म्युजीक कम्पोजमा – भुबन बि.क साथ रहेको छ
गीतको नृत्य निर्देशन तथा म्युजिक भिडियो निर्देशन मुकेश नेपालीले गरेका हुन् भने क्यामेरा रेशम दर्लामीले सम्हालेका छन्।
मेकअपमा – बिमला तामाइं
भिडियो सम्पादन तथा कलर अमृत चापागाईंले गरेका हुन्।
‘यसै जुनिमा’ गीतको म्युजिक भिडियोमा चर्चीत मोडल नारायणी खत्रीले अभिनयमा साथ दिएका छन्! यो गीत सोलो प्रस्तुति भए पनि कथा–प्रधान रहेको छ, जसमा प्रेमिल जोडीको सपनासँग जोडिएको कथा देखाइएको छ।
रेनुका सुबेदीको – presentation
उक्त गीत तथा एल्बम राज सुबेदी नेत्रको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिनेछ, जहाँ उनका अन्य थुप्रै गीतहरू पनि उपलब्ध छन्।

अन्त्यमा, यस गीत निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण ‘यसै जुनिमा’ टिमप्रति राज सुबेदी नेत्रले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, दर्शक–श्रोताले यो गीतलाई माया गरिदिनुहुनेछ भन्ने आशा व्यक्त गर्दै, आफ्ना बुवा–आमा, भगवानको आशीर्वाद, सम्पूर्ण आफन्त, आदरणीय व्यक्तित्व, साथीभाइ तथा सम्पूर्ण दर्शकप्रति कृतज्ञता प्रकट गरेका छन्।