शेयर कारोबारी अग्रवाल धरौटी बुझाएर छुटे


काठमाडौं, १४ पुस । शेयर कारोबारी दिपेन्द्र अग्रवाल धरौटी बुझाएर रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार अग्रवालले ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ को व्यवस्थाअनुसार सिआईबीले जमानत लिएर छाडेको हो । सो दफामा रहेको व्यवस्थाअनुसार अनुसन्धान अधिकारीले जमानतमा छाड्न सक्ने छ । धितोपत्र बार्डको उजुरीमा उनलाई सिआईबीले गत पुस ४ गते पक्राउ गरेको थियो ।

उनले बदनीयत राखेर शेयर बिक्री गरी ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ कानुनविपरीत नाफा कमाएको आरोप रहेको छ । अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परेका थिए ।