रमेश लेखक आयोगलाई अढाई घण्टा लामो बयान दिएर सिंहदरबारबाट बाहिरिए


काठमाडौं, १४ पुष । नेपाली कांग्रेसका नेता ताथ पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगलाई बयान दिएर बाहिरिएका छन् । जेनजी आन्दोलन भएको बेलामा उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए । आयोगले सुरुदेखि नै लेखकलाई बयानको लागि बोलाउने भनिएपनि अन्तिम समयमा मात्रै उनलाई बयानको लागि बोलाएको हो ।

उनले आज झण्डै तीन घण्टा लामो बयान दिएका छन् । उनले आज आयोगसमक्ष बयान दिएको विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलनको आयोजना गर्ने भनिएको छ । आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानको लागि बोलाउने तयारी गरेको छ । तर, ओलीले आफू बयानको लागि नजाने अडान लिएका छन् । बरु, लिखित प्रश्न पठाए जवाफ दिने उनको तयारी छ ।