काठमाडौं, १४ पुष । उर्जामन्त्री कुलमान घिसिङ अब एक्लै चुनावी प्रतिष्पर्धामा होमिने भएका छन् । उनकै संरक्षणमा रहेको उज्यालो पार्टी नेपालले चुनावी तयारीलाई तिव्रता पारेको छ । यसअघि कुलमानले रवि लामिछाने र बालेन शाहसँग निरन्तर चुनावी सहकार्य वा एकताको लागि भनेर छलफल गरेका थिए ।
तर, सम्मानजनक प्रस्ताव नआएको भन्दै कुलमानले उनीहरुसँगको सहकार्यलाई नकारेका छन् । हिजो साँझ बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षणमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग चुनावी एकताको लागि गृहकार्य भएको थियो । तर, त्यसमा पनि ठोस सहमति नभएको बताईन्छ । कुलमान हिजो साँझ अबेरसम्म रवि–बालेनसँग छलफलमा जुटेका थिए ।
उनीहरुले जम्मा १५ प्रतिशतमात्रै प्रस्ताव गरेपछि उनी बिच्किएका हुन् । उनले आजबाट उज्यालो नेपाललाई एक्लै अघि बढाउनेगरि तयारी गरेका छन् । समानुपातिकतर्फको बन्दसूची पनि आजै बुझाउनुपर्ने भएकोले कुलमान यतिवेला त्यहीअनुसार अघि बढेका छन् ।




प्रतिक्रिया