काठमाडौं, १४ पुस । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बुझाउने म्याद आजसम्म तोकेको थियो ।
आज नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् ।
यसअघि नेपाल मजदूर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका थिए । नेमकिपा र जनमोर्चाले सबै ११० सीटका लागि उम्मेदवारको सूची बुझाएका छन् । नेपाल लोकतान्त्रिक पार्टीले भने १२ जनाको मात्रै बन्दसूचीको नाम बुझाएको छ ।




प्रतिक्रिया