काठमाडौं, १४ पुष । आम जनता पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रौतहटको चन्द्रनिगाहपुरमा दीप प्रज्वलन गरेर मनाईएको छ । आजपाका स्थायी कमिटी सदस्य बालकृष्ण सापकोटाको नेतृत्वमा उक्त पार्टीको स्थापना दिवस मनाईएको हो । अध्यक्ष प्रभु साहको नेतृत्वमा यो पार्टी आजभन्दा तीन वर्षअघि स्थापना भएको हो ।
चपुरमा मनाईएको उक्त कार्यक्रममा स्थायी कमिटी सदस्य बालकृष्ण सापकोटासहित नेताहरु सरोज कुमार बछार, केन्द्रीय सदस्य किरण काफ्ले, राम आशिष साह, सन्दिप कुमार साह, चन्द्रिकाला साह र बिगु पाश्वनलगायतको उपस्थिति थियो । आजपाले आम जनताको शासन सत्ता ल्याउने भन्दै स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको छ ।




प्रतिक्रिया