सुदनप्रति आभार व्यक्त गर्दै बालेनले भने, ‘तपाईँको भूमिका देशले सय वर्षसम्म बिर्सने छैन’


काठमाडौं, १५ पुस । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जेन–जी अगुवा सुदन गुरुङले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एकताका लागि रवि लामिछाने, कुलमान घिसिङ र बालेनबीच वार्ता गराएका थिए ।

जेन–जी अगुवा गुरुङलाई सो कार्यप्रति धन्यवाद ज्ञापन गर्दै बालेनले उक्त भूमिका देशले एक सय वर्षसम्म पनि नविर्सने बताएका छन् । बालेनले भनेका छन्, ‘देश बनाउनुपर्छ भनेर सबैले भन्छन् । तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्वपूर्ण हुन्छ। बाबु सुधन गुरुङज्यूले जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू ब्रदर ।’