काठमाडौं, १५ पुस । जेन–जी आन्दोलनका शहीद श्रेयम चौलागाईका बुबा गणेश चौलागाईलाई जनादेश पार्टी नेपालको समानुपातिकतर्फ उम्मेदवार बनेका छन् । उनी खस आर्य कलष्टरको पुरुषतर्फ एक नम्बरमा सिफारिस भएका छन् । जनादेश पार्टी र आम जनता पार्टीबीच एकल चिन्हमा चुनाव लड्ने सहमति भइसकेको छ ।
निर्वाचन आयोगमा बुझाइएको खस आर्य कलष्टरमा एक नम्बरमा चौलागाईको नाम सिफारीस गर्नका लागि जनादेश पार्टीका बहुमत केन्द्रीय सदस्यको सहममिा सिफारिस गरिएको थियो ।
चौलागाईले आफूलाई पार्टीले विश्वास गरेर एक नम्बरमा राखेकोमा खुसी व्यक्त गरे । उनले शहीदको रतगको बलिदानीलाई न्याय दिने गरी आफूू निर्वाचनमा होमिने बताए ।
एकल चुनाव चिन्ह मोबाईलमार्फत निर्वाचनमा होमिएको जनादेश र आजपाले सबै क्षेत्र, समुदाय, वर्ग गरी १ सय १० जना समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको छ ।
समानुपातिक उम्मेदवारमा सिफारिस भएका गणेशले जनादेश पार्टी जेनजी शहीद परिवार, आन्दोलनका घाईते तथा प्रबुद्ध व्यक्तिहरुको संयोजन रहेको बताए । त्यसैले आफू जनादेश पार्टीमा आवद्ध भएको चौलागाईले बताए ।




प्रतिक्रिया