काठमाडौं, १५ पुस । वरिष्ठ अधिवक्ता डा.गान्धी पण्डितले प्रतिनिधिसभा पुनर्स्थापनाको विषय गौण भइसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब निर्वाचनको विकल्प नरहेको बताएका हुन् ।
‘संसद् पुनर्स्थापना भन्ने विषय गौण भइसक्यो । संसद् पुनर्स्थापना भनेको केवल संविधानको अक्षर हेरेर व्याख्या गरेर आएका व्यक्ति हुन् । संविधानमात्रै होइन देश नै नरहने स्थितिमा राष्ट्रपति रामचन्द्र पौडेल र सेनाका व्यक्तिहरुले भूमिका निर्वाह गर्दाखेरी यी कहाँ लुकेका थिए ?’ प्रश्न गर्दै उनले भने ।
उनले जनचाहनाअनुसार संविधान चल्ने र संविधानअनुसार जनचाहना नचल्ने बताए । आजको जनचाहना ताजा जनादेश लिएर डिरेल भएको संविधानलाई सही बाटोमा ल्याउनु रहेको उनले बताए । देश अहिले विषम परिस्थितिमा रहेको बताउँदै उनले अबको अन्तिम विकल्प निर्वाचन नै रहेको बताए । संसद् पुनर्स्थापनाको विषय अग्रगमन नभएर प्रतिगमन रहेको उनको दाबी छ ।




प्रतिक्रिया