काठमाडौं, १५ पुस । पर्वतस्थित मोदिकाली बुद्ध सेवा विकास समाजलगायत स्थानीय आमा समूहद्वारा तमु ल्होसार पर्वको आयोजना गरिएको छ ।कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसको युवा नेता नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले कार्यक्रममा शुभकामना व्यक्त गर्दै तमु ल्होसार जस्तो चाडले सामाजिक सद्भाव विकास गरि सबैलाई एकतामा बाध्न मद्दत पुर्याउने बताए ।
अध्यक्ष गुरुङले गुरुङ समुदायले मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्धन गर्दै पर्यटन प्रवर्द्धनको माध्यमबाट देशलाई बिकासको गतिमा अघि बढाउन महत्वपूर्ण भुमिका खेलेको बताए ।
सांस्कृतिक झाँकीसहितको शुभकामना कार्यक्रममा कुश्मास्थित आनन्द गुम्बामा स्थानीय बौद्ध युवा संघको पहलमा भएको ढुङ्गा छाप्ने कार्यको प्रमुख अतिथि काङ्ग्रेसको युवा नेता नेपाल तरुण दल अध्यक्ष गुरुङले उद्घाटन गरे ।
जिल्लास्थित आमा समुहमा रहेर हरेक सामाजिक क्षेत्रमा अग्रसर रहेका अध्यक्ष गुरुङको आमालगायत परिवारलाई आयोजकले मायाको चिनोसहित सम्मान गरेका छन् ।




प्रतिक्रिया