कांग्रेस-एमाले मिल्न आवश्यक रहेको बादलको धारणा, बराबरी सिट बाँडेर सहकार्य गर्न सकिने


काठमाडौं, १५ पुस । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले निर्वाचनका लागि कांग्रेस–एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले सहकार्यका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँढ्नुपर्ने बताए ।

आज (मंगलबार) मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बादलले कांग्रेस–एमालेले तत्काल सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । मुलुक संकटमा फसेको उल्लेख गर्दै उनले निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ । हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौं,’– उनले भने । File Photo/RN