काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं निवर्तमान प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले पार्टीले तयार पारेको ११० जना समानुपातिक सूचीमा देशको अनुहार देखिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाको समानुपातिक सूचीमा नेताका नाताका मान्छेहरु कोही पनि नरहेको बताएका हुन् । उनले यो देशलाई आवश्यक पर्ने मान्छेहरु समानुपातिक सूचीमा रहेको बताए ।
साथै, उनले समानुपातिक सूचीमा रास्वपाबाट ५२ जनाको नाममात्रै समावेश गरिएको उनले बताए । नेता पराजुलीका अनुसार बालेनको तर्फबाट ४० जना र कुलमानको लिस्टबाट १८ जना समानुपातिक सूचीमा समावेश गरिएको उनले बताए ।
‘उहाँ (बालेन) ले ४०/४१ जनाको नाम तयार पार्नुभयो । त्यसपछि ४० जना हामीले समावेश गर्न सक्यौं । कुलमान दाजुसँग पनि संवाद भयो । उहाँको पनि लिष्ट हेर्दैगर्दाखेरी यो देशलाई नभइनहुने १८ जना मान्छे हामीले समावेश गर्यो । यो देश र जनताको लागि गर्नुपर्यो,’– उनले भने ।




प्रतिक्रिया