समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याईनेछ : पराजुली


काठमाडौं, १६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रभावशाली नेता तथा पूर्व सांसद गणेश प्रसाद पराजुलीले समानुपातिक सूचीमा भएका गल्तीलाई सच्याईने बताएका छन् । रास्वपाले बुझाएको समानुपातिकतर्फको बन्दसूचीलाई लिएर पार्टीभित्रैबाट आलोचना सुरु भएको छ । उनले सुशासन र विधि आफूहरुको जग भएको उल्लेख गरेका छन् ।

प्राइमरी इलेक्शनमा लोकप्रिय मत ल्याएकाहरुलाई सूचीको अन्तिममा राखिएको भन्दै उक्त प्राइमरीमा भाग लिएकाहरुले पनि आलोचना गरेका छन् । उनले फेशबुकमा लेखेका छन्–‘सहमति अत्यावश्यक थियो, अन्तिम समयमा महत्वपूर्ण काम भए, समानुपातिक सूची मा भएका गल्तीलाई सच्याइनेछन्। सुशासन र विधि हाम्रो जग हो ।’