काठमाडौं, १६ पुष । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । उनले अब देशमा निर्वाचनको वातावरण बनेको र सबैखाले अन्यौलता हटाएको भन्दै सरकारलाई धन्यवाद दिएका हुन् । आज (बुधबार) नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय सम्वाद’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘तपाईंहरुलाई निकै अप्ठ्यारो भएको महसुस हामीले गथ्र्यौं/गरेका छौं, धेरै खाल्का चुनौतीहरु जटिलताहरु समस्याहरु झेल्दै निर्वाचन नै हो देशको निकास सहज वातावरण बनाउने अर्को होइन भनेर जो दृढता तपाईंहरुले प्रदर्शन गर्नुभयो, अब सबै राजनीतिक दल र आम जनता पनि निर्वाचनको मानसिकतामा अगाडि बढ्ने वातावरण बनाउनु भयो त्यसका लागि विशेष रुपले सरकार र त्यसको नेतृत्व धन्यवादको पात्र भएको मैले महसुस गर्दछु ।’









प्रतिक्रिया