काठमाडौं, १६ पुष । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकसमेत रहेका पूर्व अर्थमन्त्री जनार्दन शर्माले सडक विभागका डिजीसँग छलफल गरेका छन् । शर्माले आज डिजी डा. विजय जैशीसँग विभागको कार्यालयमा पुगेर भेट गरेका हुन् ।
सो भेटमा उनले मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माणधीन तर अधुरो अवस्थामा रहेको चौरजहारीस्थित् भेरी नदी पुलको विषयमा सडक विभागका डिजी तथा पुल महाशाखाका उप महानिर्देशकसँग तत्काल टेण्डर आह्वान गर्नेगरि छलफल गरेको स्मरण गराएका छन् ।
उनले लेखेका छन्–‘मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माणाधीन तर हालसम्म अधुरो अवस्थामा रहेको चौरजहारीस्थित भेरी नदी पुलको विषयमा सडक विभागका महानिर्देशक तथा पुल महाशाखाका उप–महानिर्देशकसँग तत्काल टेन्डर आह्वान गर्ने गरि गरिएको महत्वपूर्ण छलफल ।’




प्रतिक्रिया