रमेश लेखकमाथि लगाएको स्थानहद र विदेश भ्रमणको प्रतिबन्ध फुकुवा


काठमाडौं, १७ पुष । भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्व गृहमन्त्री रमेश लेखकमाथि लगाएको स्थानहद र विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरेको छ । आज आयोगले सरकारलाई लेखकमाथि लगाएको प्रतिबन्ध हटाएकोबारे जानकारी गराएको हो ।

जेन-जी आन्दोलन हुँदा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए । उनले यही सोमबारे आयोगसमक्ष बयान दिएका थिए । साथै, आफ्नो धारणा लिखित रुपमा सार्वजनिक समेत गरेका थिए । उनको बयान लिएपछि नै आयोगले उनीमाथि लगाएको स्थानहद र विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्नेगरि गृहमन्त्रालयलाई पत्राचार गरेको हो । file photo