काठमाडौं, १७ पुष । नेपाली कांग्रेसका महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनतर्फ अघि बढेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । कतिपय नेता तथा कार्यकर्ताले पार्टी नै विभाजनमा पर्ने हो कि भनेर चिन्तासमेत व्यक्त गर्न थालेका छन् ।
विशेष महाधिवेशनपक्षधर त महाधिवेशनको लागि अघि बढिसकेको छ । त्यसको लागि भृकुटीमण्डपमा हल बुक गर्ने काम भएको छ । आज साँझ महामन्त्रीद्धयलाई सभापति देउवाले छलफलको लागि बोलाएको भनिएको थियो ।
तर, अन्तिममा आएर देउवाले उनीहरुलाई भेटन दिएनन् । आजको भेट भोलिको लागि तय भएको देउवाको सचिवालयले जनाएको छ । देउवाको सचिवालयले सभापतिको कार्यव्यस्तताको कारण आजको भेट नभएको भनिएको छ ।




प्रतिक्रिया