गगन थापा राजनीतिक प्रतिवेदन तयार पार्न धुलिखेल हानिए, विशेष महाधिवेशनको तयारी तिव्र


काठमाडौं, १७ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सभापति शेरबहादुर देउवासँगको भेट स्थगन् भएपछि धुलिखेल गएका छन् । उनी विशेष महाधिवेशनको लागि अघि बढिसकेका छन् । आजमात्रै उनले भृकुटीमण्डपमा विेशष महाधिवेशनको लागि हल बुक गरिसकेका छन् । त्यसको लागि उनी अब राजनीतिक प्रतिवेदनको लेखनको लागि आज काभ्रेको धुलिखेल गएका हुन् ।

थापाले नियमित महाधिवेशनको समय घर्किएकोले अब विशेष महाधिवेशन बाध्यकारी भनेर भनिसकेको अवस्था छ। विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नेगरि तयारी थालिसकेका छन् । विशेष महाधिवेशन गर्ने सवालमा दुवै महामन्त्री एकै ठाउँमा छन् । महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले आज विशेष महाधिवेशनको तयारीबारे सभापति शेरबहादुर देउवालाई भेटेर जानकारी गराउने भनिएको थियो । तर, अन्तिममा सभापति देउवाले उनीहरुलाई भेट्नकोलागि समय नै दिएनन् ।