ओलीको निर्णय क्षमता र विदेशी तत्त्वहरुसँग नडराउने प्रवृत्ति धेरै मन पर्छः ज्योति मगर (भिडिओसहित)


काठमाडौं, १८ पुस । चर्चित गायिका ज्योति मगरले आफूलाई सबैभन्दा बढी मन पर्ने नेता एमाले अध्यक्ष केपी शर्मा ओली रहेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई ओलीको निर्णय क्षमता, निर्णयमा अडिग रहने र विदेशी तत्त्वहरुसँग नडराउने प्रवृत्ति मन पर्ने बताएकी हुन् । यद्यपि आफू कुनै पनि राजनीतिक दलमा लागेर राजनीति नगर्ने उनले बताईन् । उनले भनिन्, ‘राष्ट्रियताको हकमा उहाँले निर्णय लिने कुराहरु मन पर्छ । निर्णयमा अडिग रहने, विदेशी तत्त्वहरुसँग नडराउने कुरा मन पर्छ ।’

त्यस्तै, उनले एमालेमा आफूलाई मन पर्ने महिला नेतृमा रामकुमारी झाँक्री रहेको पनि उनले बताईन् । रामकुमारी झाँक्री पछिल्लो समयमा आफूलाई आशा लागेको एक नेतृ रहेको पनि उनले बताईन् । ‘रामकुमारी झाँक्री मेरो फेभरेट हो । पछिल्लो समयमा मलाई आश लागेको युवा नेतृ । रामकुमारी झाँक्रीलाई म राजनीतिक क्षेत्रमा विश्वास गर्छु,’– गायिका मगरले भनिन् ।

उनले आफू एमालेको महाधिवेशनमा चिनजानको मान्छेको लागि भोट मागिदिन गएको उनले बताईन् । यो क्रममा एमाले अध्यक्ष ओलीसँग पनि औपचारिक कुराकानी भएको उनले सुनाईन् । उनले जेन–जी अभियन्ताको रुपमा चिनिएका हामी नेपाल नामक संस्थाका अध्यक्ष सुदन गुरुङलाई अबोध र उक्साहटमा आउने बालकको संज्ञा दिईन् । उनले

सुदनबारे कुरा गर्दै उनले भनिन्, ‘एउटा अबोध बालक, उक्साहटमा आउँछ । त्यत्रो जनाले रगत बनाए, देश ध्वस्त भइसक्यो । उसले भन्छ– य भाई भन त हाम्रो माग के रे ? देशलाई प्रयोगशाला बनाउन पाइँदैन । यो कुरा मलाई चित्त बुझेको छैन ।’