बिहानै फलैँचा आसपास भूकम्पको धक्का महसुस


काठमाडौं, पुस १९ । ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।