काठमाडौं, पुस १९ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रीय सदस्य पदका लागि अशोक कुमार हाथीले उम्मेदवारी दिएका छन् । उनले आगामी पुस २८ गते हुन गइरहेको नयाँ नेतृत्वको लागि दिपकराज भूसाल समूहबाट केन्द्रिय कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका हुन् । इक्यानको २० औँ वार्षिक साधारण सभा यही पुस २८ गते काठमाडौंमा हुने भएको छ । उक्त साधारणसभाले इक्यानमा नयाँ कार्यसमिति चयन हुनेछ ।
उम्मेदवारी घोषणासँगै उनले नेतृत्वसँगको सल्लाह सुझाब र सहकार्यमा परामर्श व्यावसायमा धरौटी, चिकित्सा शिक्षा आयोगबाट जारी हुने इलिजिबिलिटी, शिक्षा मन्त्रालयबाट जारी हुने एन ओ सी लाई सहज र सरल बनाउन समन्वयकारी भुमिकासहित संघलाई अझै बलियो, एकताबद्ध बनाउन योगदान गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।
उनले संघलाई अझ पारदर्शी, उत्तरदायी तथा परिवर्तित समयको माग बमोजिम सुदृढ र सशक्त संस्था बनाउने लक्ष्यका साथ, पेशागत हकहित, व्यावसायिक सुरक्षा, कानुनी सुरक्षा, अनुशासन, पारदर्शिता तथा सम्मानित सदस्य ज्युहरुलाई सर्बोपरी प्राथमिकतामा राखी निष्ठापूर्वक कार्य गर्ने प्रतिबद्धता दोह¥याएका छन् ।




प्रतिक्रिया