कांग्रेसभित्र हुकुमी शासनकाे झल्काउने अभ्यास चलिरहेको छः गुरुराज घिमिरे


काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अहिले पार्टीभित्र हुकुमी शासनको झल्को आउने अभ्यास चलिरहेको टिप्पणी गरेका छन् । आजभन्दा ७५ वर्ष अगाडि हुकुमी शासनको अन्त्य गरेको कांग्रेसभि अहिले पार्टी सदस्यलाई रैती र पार्टीलाई निजी जमिनदारी र घरेलु मामिला ठान्ने प्रवृत्ति बढ्दै गएको बताएका हुन् । कांग्रेस नेता घिमिरेले विशेष महाधिवेशनको सन्दर्भ उल्लेख गर्दै त्यसलाई सम्बोधन नगरी पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।

‘कांग्रेसले ७५ बर्षअघि हुकुमी शासनको अन्त्य गरेको थियो । अहिले कांग्रेसभित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको छ। नेता सरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यहरुलाई रैती, पार्टीलाई नीजि जमिन्दारी र घरेलु मामिला ठान्ने प्रबृति सर्वथा निन्दनीय छ।विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्दैन,’ उनले भनेका छन्, ‘कसैले भन्दैमा यसको औचित्य सिद्दिदैन। जबरजस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ।’