काठमाडौं, १९ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन नरोकिने बताएका छन् । आज (शनिबार) संखुवासभाको खाँदबारीमा प्रेस सेन्टर नेपालद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले निर्वाचनका सबै प्रक्रियाहरु अगाडि बढिसकेको बताएका हुन् ।
संयोजक प्रचण्डले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नै नरहेको बताए । उनले अब निर्वाचनको विकल्प नभएको बताए । सरकारले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउने प्रचण्डले विश्वास व्यक्त गरे । उनले भने, ‘निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको छ । अब चुनाव रोकिने कुनै आधार छैन।’
नेकपाका संयोजक प्रचण्डले निर्वाचनपछि पहिचानका सवाल, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था, वर्तमान निर्वाचन प्रणालीलगायतका विषयमा संविधानमा आवश्यक संशोधन गरिने पनि बताए । उनले ुनिर्वाचनपछि प्राप्त जनमतका आधारमा संविधानलाई अझ परिष्कृत र व्यावहारिक बनाइने बताए ।




प्रतिक्रिया