काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीभित्रको महाधिवेशन विवादबारे आफूपक्षीय नेताहरुसँग छलफल गरेका छन् । कोइरालाले छलफलका लागि आज (शनिबार) विहान आफूपक्षीय नेताहरुलाई विशालनगरस्थित सम्पर्क कार्यायलयमा बोलाएका थिए ।
सम्पर्क कार्यालयमा आज विहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म शेखर पक्षीय नेताहरु छलफलमा जुटेका थिए । तर, उनीहरु विशेष महाधिवेशनमा जाने कि आगामी २०८३ वैशाखका लागि पारित भएको १५औं महाधिवेशनलाई स्वीकार गरेर अगाडि बढ्ने भन्ने बारेमा निष्कर्षमा पुगिसकेका छैनन् ।
‘बैठकमा विशेष महाधिवेशनबारेमा पनि छलफल भएको थियो । केही कुरा पनि निष्कर्षमा पुगेको छैन । आज सामान्य छलफलमात्रै भयो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री परियारले भने ।
सहमहामन्त्री परियारका अन्ुसार बैठकमा नेता कोइरालालले महाधिवेशन विवादबारे आफूपक्षीय नेताहरुको धारणा मागेका छन् । बैठक कुनै पनि निष्कर्षमा पुगिनसकेको सहमहामन्त्री परियारले बताए ।




प्रतिक्रिया