सुशीला सरकारले फागुन २१ मै चुनाव गराउनेमा प्रचण्ड ढुक्क, संखुवासभामा के भने ?


काठमाडौं, १९ पुष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले २१ फागुनमा नै निर्वाचन हुने दाबी गरेका छन् । उनले सबै दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएकोले अब निर्वाचन हुने दाबी गरेका हुन् । पार्टीनिकट पत्रकार संगठन प्रेस सेन्टरले आज (शनिबार० सङ्खुवासभामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘सबै राजनीतिक दल निर्वाचनमा लागिसकेका छन्, हिजो निर्वाचन भन्दापनि संसद् पुनर्स्थापना भन्ने दलहरू पनि थिए। ती दलहरू पनि, जेनजीका केही समूह पनि अरू माग राख्दै आइरहेका थिए। तर तिनीहरू पनि अहिले निर्वाचन नै विकल्प हो भन्ने ठाउँमा आइसकेका छन्।’

Skip This

Omoda E5 Pro