काठमाडौं, १९ पुष । आगामी पुष १९ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले) ले झापा–५ मा अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिश गरेको छ । एमाले सचिव महेश बस्नेतले आज अध्यक्ष ओलीको नाम प्रतिनिधिसभा निर्वाचनको लागि झापा–५ बाट एकल रुपमा नाम सिफारिश भएको जानकारी दिएका हुन् ।
ओली ०७४ र ०७९ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । ओली जहाँबाट चुनाव लड्ने हो आफू त्यहीबाट चुनाव लड्ने तयारीमा रहेको भनेर काठमाडौंका मेयर बालेन शाहले तयारी गरेको चर्चा छ । शाह अहिले रास्वपामा प्रवेश गरिसकेका छन् । उनलाई रास्वपाले आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ ।




प्रतिक्रिया