भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गरी बाहिर लगिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी


काठमाडौं, १९ पुष । अमेरिकाले भेनेजुएलामाथि ठूलो सैन्य हमला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै भेनेजुएलामाथि ठूलो सैन्य हमला गरिएको बताएका छन् । ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई देश बाहिर लगिएकोसमेत दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो सोसल मिडियामा राखेको भनाई उद्धृत गर्दै सिएनएनले यस्तो समाचार लेखेको छ । भेनेजुएलामाथि गरिएको सैन्य हमलाको बारेमा जानकारी दिन ट्रम्पले आज फ्लोरिडास्थित मार–ए–लागोमा प्रेस मिटको आयोजना गरेका छन् ।