काठमाडौं, १९ पुष । रास्वपाका उपसभापति तथा पूर्व सांसद डा. स्वर्णिम वाग्लेले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो दलले १५१ सिट जित्ने लक्ष्य राखेको बताएका छन् । आज (शनिबार) पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका नेता कुमार खड्कालगायतलाई स्वागत गर्दै यस्तो बताएका हुन् । ०७९ को निर्वाचनमा रास्वपाले २१ सिट जितेको थियो । अहिले उपसभापति वाग्लेले भने रास्वपाले एक्लै बहुमतभन्दा बढि सिट जित्ने लक्ष्य सुनाएका हुन् ।
सम्बोधनको क्रममा उनले भने,‘अब हामी २०र२१ सिट होइन, अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य भनेको १५१ सिट हो । २१ बाट १५१ सिट, यो चानेचुनै संकल्प होइन । २१ बाट ५०र६० पो ठिकठिकै हो । २१ बाट १५१ नै किन भनियो भने यसका पछाडि हाम्रो विगतको संसदमा एउटा पिडादायिक अनुभव छ ।’ रास्वपामा यतिवेला नयाँको रुपमा उदाएका बालेन शाह र कुलमान घिसिङपनि मिसिएका छन् । रास्वपाले प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई अघि सारेको छ ।




प्रतिक्रिया