चुनावी गठबन्धनबारे उपाध्यक्ष गुरुङको खुलासाः कांग्रेस-एमालेलाई ७०/७० सिट, बाँकी २५ सिट प्रचण्डको नेकपालाई


काठमाडौं, १९ पुस । नेकपा (एमाले) का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच मोर्चाबन्दी हुनसक्ने बताएका छन् ।

एमाले लमजुङले आज (शनिबार) बेसीशहरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएपछि पुराना दलबीच चुनावी गठबन्धनबारे छलफल चल्न थालेको बताएका हुन् ।

‘प्रारम्भिक रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । छलफलमा नेकपा पनि मिसिएको छ । प्रचण्डहरुलाई पनि मिसाएर लैजाने हुनसक्छ,’– उनले भने ।

उपाध्यक्ष गुरुङले कांग्रेस र एमालेबीच यसअघि जितेका आ–आफ्नो क्षे लिने र बाँकी क्षेत्रमा भागबण्डा हुनेगरी मोर्चाबन्दी हुन सक्ने बताए । उनले नेकपालाई पनि मोर्चामा समेट्नुपर्ने भएमा कांग्रेस– एमालेले ७०/७० सिट र बाँकी २५ सिट नेकपालाई दिन सकिने बताए ।