काठमाडौं, पुस २० । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली समुदायको एक विशेष कार्यक्रममा सहभागी हुन आज साँझ भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्।
नेपाली समाज भारतको निमन्त्रणामा आयोजना हुन लागेको ‘नेकपा एकता सन्देश सभा तथा साक्षात्कार’ कार्यक्रममा उनी प्रमुख अतिथिको रूपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।
यो भ्रमण विशेषगरी भारतमा रहेका नेपालीहरूको एकता र उनीहरूका समसामयिक मुद्दाहरूमा केन्द्रित रहने बताइएको छ।
दिल्लीमा हुने उक्त कार्यक्रममा नेता प्रचण्डले प्रवासी नेपालीका समस्या, उनीहरूले पाइरहेका अवसर र चुनौतीका विषयमा विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ।
साथै, उनले नेपाल–भारत सम्बन्धको मजबुती र प्रवासमा रहेका नेपालीहरूको साझा सरोकारका विषयमा समेत धारणा राख्नेछन्।




प्रतिक्रिया