महाधिवेशनको विवाद हल गर्न देउवा सक्रिय


काठमाडौं, २० पुष । नेपाली कांग्रेसको १५औं महाधिवेशनसम्बन्धी विवाद हल गर्नको लागि सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन् । अहिले आफूनिकट शीर्ष नेताहरुलाई आफ्नो निवासमा बोलाएर देउवाले छलफल गरिरहेका छन् । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएपछि देउवा समूह दबावमा परेको छ ।

कतिपयले पार्टी विभाजन नै हुनसक्ने भनेर चिन्तासमेत व्यक्त गरेका छन् । पार्टीको हालै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औं महाधिवेशन आगामी बैशाख २८ गतेदेखि ३१ गतेसम्म गर्ने भनेर कार्यतालिका पेश गरेकोमा बहुमतले पारित भएको थियो ।

तर, महामन्त्री गगन थापाले भने बैठकलगत्तै मिडियाकर्मीहरुसँगको कुरामा पुसभित्रै विशेष महाधिवेशन गरिने घोषणा गरेका थिए । देउवाले आज÷भोलिभित्रै महामन्त्रीद्धयसँग पनि छलफल गर्ने भएका छन् । file photo