मन्त्री कुलमानलाई बर्खास्त गर्न एमाले उपमहासचिव महासेठको माग, निर्वाचनबारे के भने ?


काठमाडौं, २० पुष । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले निर्दलीय सरकारमा बसेर दलको चुनावी प्रचार गर्ने मन्त्रीहरुलाई बर्खास्त गर्न माग गरेका छन् । उनले राजनीतिक दलसँग आवद्ध भएका मन्त्रीहरुलाई तत्काल प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।

आज (आइतबार) आफ्नो गृहनगर जनकपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्ते बताएका हुन् । उर्जामन्त्री कुलमान घिसिङले सुरुमा उज्यालो नेपाल पार्टी अघि बढाएका थिए । तर, पछि रास्वपामा प्रवेश गर्ने निर्णय गरेपछि महासेठको यस्तो भनाई आएको हो । उनले भने,‘यो सरकार अन्तरिम सरकार हो । पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरूले राजीनामा दिएर चुनावी मैदानमा आउनुपर्छ ।’

उनले वर्तमान सरकारले चुनावको सही वातावरण बनाउन नसकेको बताए । उनले वर्तमान सरकार आँफै चुनावी वातावरण बिथोल्नेतर्फ उद्धत रहेको आरोप लगाए । उनले एमाले चुनावबाट नभाग्ने पनि बताए । उनले एमाले चुनावको लागि होमिन तयार रहेको बताए । file photo