ताजा जनादेशमा जानु नै उत्तम विकल्प हो, संसद् पुनःस्थापना भए सम्मान गर्छौं : माधव नेपाल


काठमाडौं, २० पुष । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अहिले ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिए अदालतको फैसलाको सम्मान गर्ने उनको भनाई छ ।

आज (आइतबार) पार्टीको धनकुटा प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले चुनावमा ठूला दलहरुबीच चुनावी गठबन्धन हुनसक्ने सम्भावनालाई नकारेनन् ।

एमाले नेताहरुले सार्वजनिक रुपमै चुनावमा ठूला दलहरुबीच चुनावी तालमेल वा गठबन्धन हुने भनेर बोलिरहेको बेलामा नेकपाका शीर्ष नेता नेपालबाटपनि त्यो सम्भावना रहेको स्पष्ट पारे । file photo