काठमाडौं, २० पुष । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय घण्टीघरमा सचिवालय बैठक सकिएलगत्तै केन्द्रीय समितिको बैठक सुरु भएको हो । जेलबाट बैंक ग्यारेन्टी बुझाएर रिहा भएपछि यो रास्वपाको पहिलो केन्द्रीय समितिको बैठक हो ।
आजको बैठकको सभापतित्व सभापति रवि लामिछाने नै गरिरहेका छन् । भोलि रास्वपाले बहृत्त एकता कार्यक्रम राखेको छ । त्यसअघि महत्वपूर्ण निर्णय लिन आजको केन्द्रीय समितिको बैठक बसेको हो । सचिवालय बैठक बस्नुअघि नै घण्टीघरमा कुलमान घिसिङ र बालेन शाह पक्षधर नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।




प्रतिक्रिया