काठमाडौं, २० पुष । राष्ट्रिय मानवअधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ । भदौ २३ र भदौ २४ गतेको जेनजी आन्दोलनताका प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एमाले अध्यक्ष ओलीसँग आज मानवअधिकार आयोगले बयान लिएको हो । यसअघि आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग पनि बयान लिएको छ ।
उता, पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगमा भने ओलीले बयान नदिने अडान लिएका छन् । आयोगले भने बयानको लागि पत्राचार गरेको भनिएको छ ।
ओली प्रधानमन्त्री हुँदा गृहमन्त्रीको जिम्मेवारीमा रहेका कांग्रेस नेता रमेश लेखकले भने गत सोमबार आयोगसमक्ष बयान दिईसकेका छन् । लेखकले बयानलगत्तै पत्रकार सम्मेलन गरेर उक्त घटनाको बारेमा आफ्नो धारणासमेत सार्वजनिक गरेका थिए ।




प्रतिक्रिया