काठमाडौं, २० पुस । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका पूर्वाधार सल्लाहकार इन्जिनियर सुनिल लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री बन्ने भएका छन् । बालेनको कोटाबाट उनी रास्वपाको महामन्त्री बन्न लागेका हुन् ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उपसभापति एक जना, महामन्त्री एक जना, सह–महामन्त्री एक र सह–प्रवक्ता एक गरी पदाधिकारीमा चार जना थप गर्ने निर्णय गरिसकेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरण र विस्तारको क्रममा यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुनेगरि पदाधिकारी संख्या थप गर्ने निर्णय भएको हो ।




प्रतिक्रिया