काठमाडौं, २० पुस । भदौ २३ र २४ गतेको घटनासम्बन्धमा छानविन गर्न बनेको जाँचबुझ आयोगका पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीको निवासमा नै पुगेर बयान लिएका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले आयोगले सोधेको प्रश्नमा लिखित जवाफ दिएका छन् । यसअघि बयान नदिने अडान लिएका ओलीले अन्ततः आयोगलाई लिखित जवाफ पठाएका हुन् ।
स्रोतका अनुसार ओलीको लिखित जवाफ लिनका लागि आयोगका पदाधिकारी र कर्मचारी उनको घरमै पुगेका थिए । जवाफमा ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निस्पक्षताको बारेमा प्रश्न उठाएको स्रोतको दाबी छ । आयोगका अध्यक्ष कार्कीले घटनाबारे आफ्नो फैसला पहिला नै सुनाइसकेको भन्दै पूर्व प्रधानमन्त्री ओलीले छानविनको औचित्य नरहेको जवाफ दिएको स्रोतले बतायो ।




प्रतिक्रिया